आईपीएल : युएई पुगेका सन्दिपलाई ध’क्का

करेबियन प्रिमियर लिग टि-२० मा सहभागिता जनाएका  नेपाली स्पिनर सन्दिप लामिछाने १३ औं संस्करणको आईपीएलमा सहभागी हुन साेमबार मध्यरातमा युएई पुगेका छन् । आइतबार पुग्नुपर्ने भएता पनि सन्दिपको फ्ला’इट छुटेका कारण उनि ढिला युएई पुगेका हुन्। पछि सन्दिप सेप्टेम्बर ११ मा युएई प्रस्थान गरेका थिए।

सन्दिप युएई पुगेपछि उनको टिम दिल्ली क्यापिटल्सले खुसि व्यक्त गर्दै सामाजिक संजालमा “देखो, वोह आ गया” अर्थात् “हेर्नुस्, उनि आइपुगे” भन्दै उनलाई स्वागत गर्दै माया गर्न पनि अनुरोध गरेको छ। “दिलवालो, सन्दिपलाई माया देखाउनुस” सन्दिपको फोटो राख्दै दिल्लीले पोस्ट गरेको छ।

युएई पुगेपछि अब सन्दिप अनिवार्य ६ दिन क्वा’रेन्टाइनमा बस्नेछन् जुन दौरान उनको २ पटक कोभिड-१९ टेस्ट गरिनेछ। दुवै टेस्टको रि’पोर्ट ने’गेटिभ आएको खण्डमा सन्दिपले टिमसंग जोडिने मौका पाउनेछन्।

सन्दिप दिल्लीको पहिलो खेल नखेल्ने भने अब पक्का भएको छ। दिल्लीले लिगमा पहिलो खेल किंग्स-११ पन्जाब बि’रुद्ध सेप्टेम्बर २० तारिखमा खेल्नेछ। उक्त मतिसम्म सन्दिप क्वारेन्टाइनमा बस्नु पर्ने हुँदा उनले पहिलो खेल गु’माउने नि’श्चित भएको हो। टिमले दोश्रो खेल सेप्टेम्बर २५ मा चेन्नाई सुपर किंग्स बि’रुद्ध रहेको छ जुन खेलमा भने सन्दिप उपलब्ध हुनेछन्। त्यसको लागि कोरोना रिपोर्ट भने ने’गेटिभ आउनु पर्नेछ।

सन्दिपलाई २०१८ मा दिल्लीले २० लाख भारतीय रुपैयाँ खर्चेर टिममा ३ वर्षको लागि अनुबन्ध गरेको थियो। यो वर्ष अनुबन्ध अवधि सकिएपछि सन्दीप अक्सनको लागि खुला हुनेछन्।

दिल्ली टिम :-श्रेयस ऐयर, पृथ्वी शा, रिशभ पन्त, शिखर धवन, अक्षर पटेल, कीमो पल, अमित मिश्रा, आवेश खान, हर्शल पटेल, इशान्त शर्मा, कागिसो रबाडा, सन्दिप लामिछाने, रभीचन्द्रन अश्विन, अजिंके रहाने, ड्यानियल स्याम्स , एलेक्स केरी, शिमरन हेटमायर, एनरिक नोर्किया, मार्कस स्टोइनिस, मोहित शर्मा, ललित यादव र तुषार देशपान्डे। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *