नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ३ सय ७१ पुग्यो

नेपालमा कोरोनाबाट मृ'त्यु हुनेको संख्या ३ सय ७१ पुग्यो

पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्ण मन्त्रालयका अनुसार मृत्यु हुनेमा ७ जना पुरुष र ४ जना महिला रहेका छन् । जसमा काठमाडौंका ३४ वर्षीय पुरुष, ९६ वर्षीय पुरुष, ६६ वर्षीय पुरुष र ८६ वर्षीया महिला गरी ४ जनाको मृत्यु भएको छ ।

त्यसैगरी मकवानपुरका ६१ वर्षीय पुरुष, सर्लाहीका ६४ वर्षीय पुरुष, कपिलबस्तुका ५८ वर्षीय पुरुष र बाराका ५५ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ ।

त्यसैगरी बाराकै ५५ वर्षीया महिला, सिराहाकी ३५ वर्षीया महिला र रुपन्देहीकी ६४ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

योसँगै देशभर कुल मृतकको संख्या ३ सय ७१ पुगेको छ । यो मृत्युदर संक्रमित हुनेहरुबाट ०.६५ प्रतिशत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *