क्रिकेट खेलाडी ललित भण्डारीलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याइयो

क्रिकेट खेलाडी ललित भण्डारीलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याइयो

काठमाण्डौ : आइतबार कञ्चनपुरको झलारीमा मोटरसाइकल दु’र्घट’नामा घा’इते भएका राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित सिंह भण्डारीलाई थप उ’प’चारको लागि काठमाण्डौ ल्याइएको छ ।

नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले भण्डारीको थप उ’प’चार’का लागि सिम्रिक एअरको हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनको अहिले ग्राण्डी अस्पतालमा उ’पचा’र भइरहेको छ ।

कप्तान मल्लले भण्डारीको सहयोगका लागि खेलाडीले साथ दिने बताएका छन् । साथै उनले उ’प’चारका लागि थप सहयोग गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । ललितको उप’चार’का लागि नेपाल क्रिकेट सङ्घले समन्वय र सहयोग गर्ने जनाएको छ ।

भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर हुन । पछिल्लो समय उहाँ नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका थिए । भण्डारी फ्रेन्चाइज लिगका पनि नियमित खेलाडी हुन् । उनले सन् २०१७ मा आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरव इमिरेटस् (यूएई)विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध एकदिवसीय खेल  खेलेका भण्डारीले त्यसअघि नपालका लागि विभिन्न उमेर समूहका प्रतियोगिता खेलिसकेका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *