घरबेटीले श्रीमानको ह’त्या गरेपछि नितुको चि’त्कार ‘अब हामीलाई कसले हेर्छ’ -भिडियोसहित

घरबेटीले श्रीमानको ह’त्या गरेपछि नितुको चि'त्कार 'अब हामीलाई कसले हेर्छ' -भिडियोसहित

सुरुमै पीडित पक्षले आग्रह गरे– यो ठेगानाचाँही नलेखिदिनुस् है, फेरि यहीँ आएर मा’र्लान् । आइतबार दिउँसो ४ बजेतिर सानो गल्लीबाट छिर्दै केराको गोदामले भरिएको घरको तेश्रो तल्लामा चढेपछि हामी उनको कोठामा पुग्यौँ । वरिपरि तरकारी राख्ने क्यारेट, केही थान डोका छरपस्ट थिए । छेवैमा थियो, फलफुल बोक्ने एउटा पुरानो साइकल । र, भुईमा आफ्ना तीन छोरासहित ओछ्यान लगाएर सुतिरहेकी थिइन्, नितु महतो ।

‘मलाई थाहा छैन, हाम्रो शम्भु कहाँ छ,’ श्रीमान्को ह’त्या भएको दुई दिनपछि रुँ’दारुँदा गलिसकेको स्वरमै भएपनि उनी बोलिरहेकी थिइन्, ‘ न हाम्रो घर छ, न केही । मेरा तीनटा बच्चा छन्, अब यिनीहरुलाई कसले खान दिन्छ, कसले पढाइदिन्छ ? मलाई मेरो शम्भु चाहिन्छ ।’

पतिको ह’त्यायता उनले केही खाएकी छैनन्। सिर्फ, श्रीमानको न्यायका खातिर चि’च्याइरहेकी छिन्, जोड-जोडले रो’इरहेकी छन्। ‘म के’स ल’डेरै छाड्छु, मेरो श्रीमान् मा’र्नेलाई फा’सी दि’लाएरै छाड्छु,’ अ’वरुद्ध ग’लाकै सहारामा उनी हामीसँग बोल्न तयार भइन्, ‘मलाई पैसा-कौडी केही चाँहिदैन, शम्भु चाहिन्छ।’

बारम्बार उनी हामीसँग एउटै कुरा दो’र्याइरहेकी थिइन्, ‘अब कसले हेर्छ हामीलाई। मलाई केही चाहिँदैन, मलाई शम्भु चाहिन्छ।’

शुक्रबार दिउँसो डेरावालको कु’टपिट र आ’ग्लो प्र’हारबाट नितुका श्रीमान शम्भु महतोको मृ’त्यु भयो। काठमाडौं, कीर्तिपुर-६ स्थित भाजंगलमा स्थानीय प्रेमकृष्ण महर्जनको घरमा करिब १४ महिनादेखि श्रीमती र तीन छोरा (१५, १२ र ५ वर्षीय)सहित शम्भु डेरामा बस्दै आइरहेका थिए। दुइटा कोठा लिएका थिए, प्रति महिनामा चार हजार रुपैयाँ भाडा तिर्थे।

४२ वर्षीया शम्भुको खास घर भारत मोतिहारी, पूर्वी चम्पारण ग्राम पोष्ट संग्रामपुर वडा नं ५ मा हो। करिब २२ वर्षदेखि उनी कीर्तिपुरमा कहिले माइक्रोका सहचालक त कहिले घर बनाउने मिस्त्रीको काम गर्दै पाँच जनाको परिवार चलाउँदै आइरहेका थिए।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रमुख डिएसपी रुकेश तन्डुकारका अनुसार प्रारम्भिक अ’नुसन्धानबाट डेरा स’र्ने क्रममा भएको सामान्य वि’वादपछि ६६ वर्षीया डेरावाल प्रेम महर्जनले ढोकाको आ’ग्लोले हा’नेर उनको ह’त्या भएको खु’लेको छ।

प्रहरीको दाबीअनुसार महतोको घ’टनामा एक वृद्धको मात्रै सं’लग्नता रहेको छ। तर, पीडित परिवारले ह’त्या भएकोमा पूरा परिवारको सं’लग्नता दा’बी गरेको छ। प्रहरीमा महर्जन परिवारका ६ सदस्य श्रीमान, श्रीमती, दुई छोरा र दुई छोरीवि’रुद्ध जा’हेरी दर्ता भएको छ।

तर, घ’टना भएको दिन गत शुक्रबार प्रहरीले परिवारका अन्य सदस्यलाई प’क्राउ गरेपनि पछि वृद्ध महर्जनलाई मात्रै हि’रासतमा राखेर अरुलाई छा’डेको थियो। त्यसपछि कीर्तिपुरबासी, शम्भुका सहकर्मीलगायतको सहभागितामा जम्मा भएको ठूलो भी’डले शनिबार र आइतबार दुई दिन महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा ध’र्ना नै गर्यो– परिवारका सबै सदस्यलाई प’क्राउ गरेर छा’नविन गर्नुपर्ने मागसहित।

शम्भुलाई न्या’य मा’ग्दै उनीहरुले ‘गरिब मार्न पाइँदैन’ भन्दै ना’रावाजी गरे। यतिमात्रै होइन, पी’डित पक्ष आइतबार राष्ट्रपति कार्यलय र भारतीय दूतावासमा समेत पुग्यो, न्या’यको नि’वेदनसहित।

यो द’बाब थेग्न नसकेपछि कीर्तिपुर प्रहरीले आइतबार पुनः परिवारका ६ जना सदस्यलाई नै प#क्राउ गरेर महानगरीय प्रहरी परिसर टेकु पठाएको थियो।

‘हामीले ६ जनालाई नै प’क्राउ गरेका छौं, अब माथिबाट क-कसलाई मु’द्दा थप हुन्छ, हेरौं,’ सूत्रन्युजकर्मी कीर्तिपुर वृत्त पुग्दा डिएसपी तन्डुकारले यसै भनेका थिए। तर, प्रहरीले प्रेम मर्हजनसहित उनका दुई छोराहरु परमेश्वर र प्रमोदविरुद्ध मात्रै अदालतबाट म्या’द थ’प गरेर अ’नुसन्धान अघि बढाएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए। ‘अन्य तीन जनाको म्याद भने थप भएन। तर, हामीले उहाँहरुलाई नि’गरानीमै राखेका छौं,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *