चीनले कब्जामा लिएका ५ भारतीय नागरिक मुक्त

चीनले कब्जामा लिएका ५ भारतीय नागरिक मुक्त

भारत-चीनबीच सीमा वि’वाद बढिरहेका वेला चीनले क’ब्जामा लिएका ५ भारतीय नागरिक मु’क्त भएका छन् । हिमाली क्षेत्रमा सीमारेखा नाघेर चीनतर्फ पुगेपछि उनीहरूलाइ चीनले क’ब्जामा लिएको ठा’निएकाे थियाे ।

भारतको रक्षा मन्त्रालयले चीनसँगको सीमावर्ती राज्य अरुणाचलका ती युवाहरू यसै महिनाको सुरुदेखि बे’पत्ता थिए र हालै मु’क्त भएर सम्पर्कमा अाएकाे जनाएकाे छ । तर उनीहरू मुक्त भएको विषयबारे चीनले कुनै पुष्टि गरेको छैन ।

शनिबार एउटा वि’ज्ञप्ति जारी गर्दै भारतीय सेनाका एक प्रवक्ताले अरुणाचल प्रदेशका पाँच युवकहरू ‘सि’कार गर्दै गर्दा थाहै नपाईकन सीमापारि पुगेको’ जनाएका थिए । उनीहरू झु’क्किएर चिनियाँ भूमिमा प्रवेश गरेको भारतले जनाए पनि चीनले यसबारे केही बताएकाे छैन ।

चीनको कुनै औपचारिक भनाइ नआए पनि त्यहाँको सरकारी मुखपत्र ग्लोबल टाइम्स पत्रिकाले एक गो’प्य सुरक्षा स्रोतलाई उद्धृत गर्दै उक्त समूह ‘सि’कारीको भेषमा रहेका जा’सुसहरू’भएको दाबी गरेको बिबिसीले लेखेकाे छ । घ’टनाकाे थप विवरण केही खुलाइएकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *