सन्दीप आईपीएल खेल्न यूएई उडे

सन्दीप आईपीएल खेल्न यूएई उडे

नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर दुबई प्रस्थान गरेका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई)मा संचालन हुन लागेको विश्वकै चर्चित तथा लोकप्रिय टि ट्वान्टी लिग ‘इण्डियन प्रिमियर लिग’ (आईपीएल) खेल्न लामिछाने दुबई तर्फ लागेका छन् ।

ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएई गाएको उनका ब्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए। आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका छन् ।

सन्दीपले लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न लागेका हुन् । आईपीएल आगामी असोज ३ गतेदेखि सुरु हुँदै छ । सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल असोज ४ गते किंग्स इलाभेन पञ्जावसित हुनेछ । उनलाई दिल्ली क्यापिटल्सले रु ३२ लाखमा अनुबन्ध गरेको हो ।

यस वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदै छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *