काङ्ग्रेस नेता रेशम गुरङकाे चिन्ता : व्यक्ति भन्दा सँगठनकाे स्वार्थमा लाग्ने नेतृत्व तनहुमा आवश्यक

काङ्ग्रेस नेता रेशम गुरङकाे चिन्ता : व्यक्ति भन्दा सँगठनकाे स्वार्थमा लाग्ने नेतृत्व तनहुमा आवश्यक

बिश्वब्यापी रुपमा रहेकाे कोरोना महामारिकाे संकटबाट नेपाल पनि अछुताे छैन । काेराेनाकाे संक्रमण बढ्दाे अवस्थामा रहेपनि मुलुककाे प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा यतिखेर अगामि १४औ महाधिवेशनकाे सरगर्मि बढेकाे छ ।
पार्टिकाे केन्द्रीय नेतृत्वकाे दावि र बहसले राष्ट्रिय सञ्चारमाध्यममा स्थान पाइरहँदा पार्टिका बरिष्ठ नेता लगायत केन्द्रीय नेताहरुको गृहजिल्ला तनहुँमा पनि नेतृत्व चयनको बहस चलिरहेको छ । काँग्रेस तनहुका नेताहरु आगामी जिल्ला नेतृत्वमा पुग्ने अाफ्नाे रणनीति सहित कसरतमा छन् ।
तनहुँ काँग्रेसकाे अगामि नेतृत्व,काँग्रेसभित्रकाे बिवाद र समसामयिक बिषयमा सडक मिडियासँगकाे कुराकानिमा तनहु जिल्लामै बसि गाउँगाउँमै पुगेर पार्टि सँगठनकाे काममा क्रियाशील रहेका कांग्रेस जिल्ला कोषाध्यक्ष रेशम गुरुङले तनहु काँग्रेस कुनै नेताकाे इसारामा चल्ने र हिसावकितावका भरमा जिल्ला नेतृत्व चयन गरिने जुन परिपाटि छ,यसले तनहुमा सिंगाे पार्टि एकतावद्ध हुन सक्दैन र समग्र सँगठनलाई कमजाेर वनाउछ । त्यसैले गुट, भाषा, धर्म र जाति सबैलाई मिलाउन सक्ने,प्रष्ट याेजना र भिजन सहित पार्टिलाई एकतावद्ध गर्दै अगामि स्थानिय,प्रदेश र संघकाे चुनावमा तनहुमा काँग्रेसलाई जिताउन सक्ने बैचारिक र शसक्त नेतृत्व तनहुमा आवश्यक छ । त्यसकारण हामी यसपटक पार्टिलाई सहि दिशा निर्देश गर्न सक्ने जिल्ला नेतृत्व चयन गरिनुपर्छ भन्ने अभियानमा रहेकाे गुरुङले बताए ।

२०४६ सालयता केन्द्रमा रहेका नेताहरुको अन्तरद्वन्द्वले पार्टी कमजोर अवस्थामा पुगेको भन्दै उनले अाउने चुनावहरुमा पार्टि जिताउन सक्ने र काँग्रेलाई सहि दिशा निर्देश गर्दै जनप्रिय पार्टि निर्माण गर्न सक्ने साझा व्यक्ति चुनेर नेतृत्व दिइनुपर्ने तर्क समेत नेता गुरुङ गरे ।

‘अब हामीले यसपाली सबैको भावना प्रतिनिधित्व हुने नेता छान्नुपर्छ,’ उनले भने,‘त्यसो हुन सकेन भने तनहुँमा पार्टीलाई जोगाउन सकिन्न ।’

पछिल्लो समय तनहुँमा विकासकाे श्रेय कसले लिने बहस चलिरहेको छ । निर्वाचित नेकपाका जनप्रतिनिधिले ठूला योजना पारेको दाबी गरिरहँदा कांग्रेस नेताहरु २०४६ साल यता तनहुँमा पार्टीको नेतृत्वमा धेरै विकास भएको दाबी गर्छन् ।

नेता गुरुङ भन्छन्, ‘हरेक गाउँमा बाटो, बिजुली, स्वास्थ्य सबै काम कांग्रेसकै पालामा भएको हो । तर हामीले काम गरेर पनि हल्ला गर्न जानेनौं । उहाँ(नेकपा)हरुले हल्ला गरेर हामी पछि पर्यौं ।
नेता गुरुङले टिकट वितरण तथा अरु निर्णयमा केन्द्रमा रहने नेताहरुले अहम्ता त्याग्नुपर्ने बताए । ‘२०४८ सालपछि नेताहरुमा अहम्ता देखिएको छ,’ उनले भने,‘कार्यकर्ताको भावना एकातिर र नेताको अर्कोतिर भएको छ । पार्टीलाई बलियो पार्ने हो भने कार्यकर्ताको कुरा सुन्नुपर्छ ।’ जनतामा भिझेका र दुख,त्याग गरेका व्यक्तिहरुलाई याेगदानका आधारमा पारदर्शी मुल्यांकन गरेर निष्पक्षताका आधारमा  दिईइनुपर्छ,तब मात्र पार्टीले चुनाव जित्ने समेत दावि गरे ।

त्यस्तै नेता गुरुङले अहिले जिल्लाको नेतृत्वमा पकड जमाउन पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर र पार्टी सभापति शेरबहादुर देउवा पक्षधरबीच मुल द्वन्द्व छ । यस्तो बेला पार्टीका पूर्व सह महामन्त्री गोविन्दराज जोशी पक्षको भूमिका कस्तो रहन्छ भन्ने अन्यौल पनि कायमै छ । उनीमाथि गरिएको कारबाही फिर्ताको दबाब दिएका कार्यकर्ताले आगामी अधिवेशनमा कस्ताे भूमिका खेल्छन्, त्यो पनि हेर्न बाकि नै छ । तर अब आउने नेतृत्व एक पक्षको मात्र भएमा त्यसले तनहुमा इतिहासमै कमजोर भएकाे काँग्रेस र नेतृत्वलाई बलियो पार्न नसक्ने तर्क नेता गुरुङको छ ।

( काँग्रेस तनहुका काेषाध्यक्ष युवा नेता रेशम गरुङ सँग तनहु काँग्रेसकाे अवस्था,अागामि महाधिवेशनवाट काँग्रेसकाे जिल्ला नेतृत्व ,तनहुमा विकासकाे अवस्था,जिल्लामा काँग्रेस भित्रकाे विवाद र समसामयिक बिषयमा केन्द्रीत रहेर सडक मिडियासँग गरिएकाे कुराकानिमा आधारित )

Leave a Reply

Your email address will not be published. Required fields are marked *