भारतीय क्रिकेटर युवराज सिंहले दिए फ्यानलाई खुसिकाे खबर

भारतीय क्रिकेटर युवराज सिंहले दिए फ्यानलाई खुसिकाे खबर

एजेन्सी:  भारतीय क्रिकेटर युवराज सिंहले सन्यास फिर्ता लिने निर्णय गरेका छन् । पञ्जाब क्रिकेट संघ (पीसीए)को आग्रहपछि सिंहले सन्यास फिर्ता लिने निर्णय गरेका हुन् ।

सिंहले गत बर्ष जुनमा क्रिकेटका सबै खाले प्रतियोगिताबाट सन्यासको घोषणा गरेका थिए । पीसीएका सचिव पुनीत बालीले पञ्जाब क्रिकेटको फाईदाका लागि ३८ बर्षका युवराजलाई सन्यास फिर्ता लिन अनुरोध गरेका थिए ।

सचिव बालीका अनुसार सिंहले सन्यास फिर्ताबारे बीसीसीआईका अध्यक्ष सौरव गांगुलीलाई पनि पत्र लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *