अप्रेसन गर्दा महिलाको पेटमा तौलिया भुलेर डाक्टरले टाँका लगाएपछि…

अप्रेसन गर्दा महिलाको पेटमा तौलिया भुलेर डाक्टरले टाँका लगाएपछि...

एजेन्सी – भारतको बिहारस्थित गया भन्ने ठाउँका एक डाक्टरको ठूलो लापरबाही सार्वजनिक भएको छ। अप्रेसनका दौरान २१ वर्षीया महिलाको पेटमा तौलिया भुलेर टाँका लगाएको आरोप डाक्टरलाई लागेको हो। मीरादेवी नाम गरेकी उक्त महिला प्रसव पीडाका कारण खिजरसराय इलाकाको एक निजी क्लिनिकमा भर्ना भएकी थिइन्।

२९ जुलाइका दिन डाक्टरले अप्रेसन गरेका थिए। अप्रेसनपश्चात् महिलाको पीडा घट्नुको साटो झन् झन् बढ्यो। महिला अप्रेसनपछि लगातार पीडाले छट्पटाउन थालिन्। महिलाको हालत देखेर तुरुन्त उनलाई परिवारले पटना पुर्याए। तर पनि महिलाको पीडामा कमी आएन। फ़ेरि ती महिलालाई अर्को एउटा निजी क्लिनिकमा पुर्याइयो। त्यहाँका डाक्टरले महिलाको सिटि स्क्यान गराउने सल्लाह दिए बमोजिम सिटि स्क्यान गराइयो। सिटि स्क्यानको रिपोर्ट देखेर डाक्टरहरू नै अचम्मित भए। किनकि रिपोर्टमा महिलाको पेटको एउटा कुनामा एउटा सामान देखिइरहेको थियो।

जब डाक्टरले पुन: अप्रेसन गरे। सबै चकित भए। किनकि महिलाको पेटबाट तैलिया निस्कियो। यो तौलिया आम रूपमा डाक्टरले अप्रेसनको दौरान प्रयोग गर्दछन्।

डाक्टरका अनुसार, हाल महिलाको अवस्था एकदमै नाजुक छ। लगातार रगत बहिरहेको छ। लगातार रगत चढाइँदै छ। महिलाका परिवारले पेटमा तौलिया भुल्ने डाक्टरका विरुद्ध कानुनी कारबाहीको तयारीमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *