बयालपाटा अस्पतालका २० संक्रमित कोरोना मुक्त

बयालपाटा अस्पतालका २० संक्रमित कोरोना मुक्त

अछाम । जिल्ला स्थित न्याय हेल्थ नेपाल, बयालपाटा अस्पतालका २० जना संक्रमितले कोरोना जितेका छन् । हाल आईश्वलेसनमा रहेका उनिहरु २० जनाले कोरोना जितेका कारण उनिहरुलाई घर तथा काममा फर्किन लगाईने बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए ।

२० जनामा कुनै कोरोना सम्बन्धी लक्षण नदेखिएको र सरकारको प्रोटोकल अनुसार ११ दिनको आईश्वलेसन पछि डिस्चार्ज गरिने प्राबधान अनुसार उनिहरुलाई घर पठाईने डाक्टर गौचनले बताए । उनिहरुले कोरोना जितेका कारण घर पठाईन लागेको उनको भनाई छ ।

पछिल्ला अध्ययन र बिश्व स्वास्थ्य संगठनका अनुसार ११ दिन पछि कोरोना भाईरस मरिसकेको हुने भएका कारण उनिहरुबाटै स्वास्थ्य सेवा समेत दिन सकिने डाक्टर गौचनले उल्लेख गरे । यस्तै पछिल्लो प्राप्त रिपोर्ट अनुसार संक्रमण धेरै नबढेका कारण तत्कालको लागि अस्पतालको आकस्मिक सेवा सुरु गर्न पहल भईरहेको र छिट्टै छलफल गरे निष्कर्ष निकालिने उनले बताए ।

यता शनिबार प्राप्त रिपोर्ट अनुसार अस्पतालका थप २ जनामा कोरोना संक्रमण देखिएको छ । अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मी सहित २ जनामा कोरोनाको संक्रमण देखिएको हो । सेती प्रादेशिक प्रयोगशाला बाट प्राप्त रिपोर्ट अनुसार अस्पतालका २ जनामा कोरोना पुष्टी भएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए ।

यसअघि डडेलधुरा अस्पतालको प्रयोगशलामा गरिएको परिक्षणमा १९ जनामा कोरोना संक्रमण देखिएको थियो । उनिहरु मध्ये एक जना एक हप्ता पहिले नै कोरोनाको संक्रमण देखिएका थिए । त्यस अघि २ जना स्वास्थ्यकर्मी र १ जना कर्मचारीमा पनि कोरोना पुष्टी भएको थियो । सबै २१ जना संक्रमित मध्ये एक जना पहिले नै निको भएर घर फर्किसकेका छन् । सुदूरआज

Leave a Reply

Your email address will not be published. Required fields are marked *