कहाँ लुकेको छ अछामको समृद्धि:नेबिसंघ नेता बिष्ट

कहाँ लुकेको छ अछामको समृद्धि:नेबिसंघ नेता बिष्ट

*रामारोशन ताल _कमलबजार पाचुली _तितौडा शिव गुफा
*बैझनाथ धाम पन्चदेवल विनायक_बाचकोट लवामालि मङ्गलसेन मालिका
*बुढिगङ्गा _ कैलाश खोला _नौघाटे _लोढे घाट _कर्णाली
*साफेवगर विमानस्थल _कमलबजार विमानस्थल
*अछाम दरवार _अछाम का बहुमुखी क्याम्पस_जिल्ला अस्पताल
******** ******** *******
#केलायर हेर्नुस अछाम को समृद्धि भेटाउनु हुने छ।

बाइसे चौविसे राज्य का राजा र गणतन्त्र का मन्त्री, माननीय, गवर्नर आदि इत्यादि ज्यु
[पुर्ब मन्त्री भिम रावल माननीय यज्ञ बोगटी ज्यु]
सबै भन्दा पैले त हामी ले सामाजिक,शैक्षिक,आर्थिक,स्वस्थ्य,ब्यावसायिक र राजनैतिक परिवर्तन सङ्गै कृषि मा आधुनिकीकरण ल्याउन अति आवस्यक छ।

सदरमुकाम मा आधुनिक भौतिक संरचना सहितको बजार विस्तार र आकर्षण नबढनु,अछामका धार्मिक र पर्यटकीय स्थलहरुको विकास हुन नसक्नु , सडक यातायात पर्याप्त मात्रामा विस्तार हुन नसक्नु , जिल्ला अस्पतालले भर पर्दो स्वास्थ्य सेवा उपलब्ध गराउन नसक्नुको कारण,विश्व बजारलाई झिलिमिली बनाउने क्षमता बोकेका कयौं नदिनाला हरुछन तिनै नदिनाला हरुको सहि सदुपयोग नहुनु र अछामले बिजुली नपाउनुको कारण के रहेछ। अछामको कमलबजार विमानस्थल सन्चालनमा किन आउन सकेन? कमलबजार विमानस्थल का लागि स्थानीय तहबाट कयौ कदम चालिदा पनि माननीय ज्यु ले गम्भीर रुपमा यस विमानस्थल लाई नलिनुको कारण के रहेछ? अछाम का बहुमुखी क्याम्पस हरु कोरोना लाएर थला परेको विरामी जस्तै बनेकाछन। जब बहुमुखी क्याम्पसमा गुणस्तरीय शिक्षा स्वच्छ खानेपानीको व्यावस्था हुन नसक्नु अछामलाई शैक्षिक स्तरमा कम्जोर बनाउनु हो। मन्त्री उपप्रधानमन्त्री पाउने हाम्रो अछाम जिल्लाले यउटा राम्रो विश्वविद्यालय पाउन नसक्नु विडम्बना को कुरो हो। हामी प्राकृति र संस्कृतिक रुपमा निकै समृद्ध छौं। मौलिक धर्म संस्कृती,कृषि,वन,खनिज र जलस्रोत हरु अछाम को समृद्धि को मुख्य आधार हुन । यिनै प्राकृतिक सम्पदाको सहि सदुपयोग गरि विकास निर्माण का कार्य हरु लाई अगाडि बढाउन नसक्नु अछाम लाई विकास का हिसाबले एक खुड्किला पछाडि धकेल्नु हो। बेरोजगार लाइ पुर्ण रुप मा समाप्त पार्न प्राविधिक शिक्षालय को विकास र कृषि क्षेत्रमा आधुनिकीकरण ल्याउन आजको अपरिहार्य हो।

अछाम सङ्ग थुप्रै खेतीयोग्य जमिन छ । यहि भुमिलाइ आधुनिक कृषि प्रणाली लागु गरि अछामको माटोमा फलेको विभिन्न तरकारीहरु राष्ट्रिय बजारले चाख्न पाउने ब्यावस्था मिलाउन आजको आवस्यक्ता हो। यसका लागि सडक सञ्जालको विकास हुन जरुरी छ। सबै भन्दा पैले त कर्णालीको बन्द कोठामा थुनिएर रहेका थुप्रै स्रोत साधनहरु लाई कर्णाली को बन्द ढोका खुलाइ रास्टिय बजारमा सिधै सम्पर्कमा ल्याउन आवस्यक छ। कर्णाली को बन्द कोठामा थुनिएर रहेका पर्यटकहरु अछाम भित्र्याइ अछाम को माटोमा फले को अर्गानिक पोस्टिक तत्व को मिश्रण बाट बनाय को ताजा कक्टेल ले स्वागत गर्न आवस्यक छ। त्यसो हुदा अछाम को पर्यटकीय स्थल को विकास र आर्थिक समृद्धि को ढोका खुल्ने निश्चित छ। १० बर्ष जनयुद्ध ले(भत्कायर गयको) छोडेर गय को चिनो अछाम दरबार को पुर्ण निर्माण हुन आवस्यक छ। किन कि अछाम दरबार पुर्ण निर्माण ले सदरमुकाम लाई निकै आकर्षण देखाउने कुरा मा दुईमत छैन। हामीले अछाम लाइ आर्थिक रुपमा समृद्ध बनाउन का लागि अछाम का चारै दिशा तिर का ढोका हरु खुलाउन आवस्यक छ। चिसापानी जङ्गल घाट दुर्त मार्ग , जङ्गल घाटमा पक्कीपुल, मदन भण्डारी राजमार्ग सङ्ग जोड्ने वेनिमा पक्की पुल र कर्णाली करिडोर सङ्ग जोड्ने सडक निर्माण लाइ रास्टिय योजना को रुप अघि सारी रास्टिय स्तर बाटै योजानाको मर्मत गर्नपर्छ। यसका लागि माननिय ज्युहरु बाट उपयुक्त कदम चालियोस। साही खोला बाट धामाली हुँदै पुन्यवाटा हुँदै पर्यटकीय स्थल तितौडा शिवगुफा लाई जोडने, पुनेवाटा हुँदै पर्यटकीय स्थल कमलबजार को पाचुली जोड्ने र कमलबजार बाट गरिटाड हुँदै सदर्मुकाम जोडने र सदरमुकामबाट वलिगाउ हुँदै पर्यटकीय स्थल रामारोशन जोड्ने कालोपत्रे सहितको सडक निर्माणका लागि प्रदेशबाट उपयुक्त बजेट छुटाइ निर्माण कार्यमा अगाडि बढन अति आवस्यक छ। यसरी चारै तिरका ढोका खुल्ला हुदा अछामको माटोमा उत्पादित बस्तुहरुलाई रास्टिय बजारमा निर्यात गरि आर्थिक रुप मा बलियो हुनेछौ। यति गर्यौ भने आर्थिक समृद्धि र जनतामा अमनचयन पकै पनि आउँछ भन्ने कुरामा म विस्वस्थ छु।        लेखक : युवराज बिष्ट नेपाल बिधार्थी संघका युवा नेता हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *