अछामका सीडियो र डिएसपि कोरोनाबारे सचेतना जगाउदै

अछामका सीडियो र डिएसपि कोरोनाबारे सचेतना जगाउदै

अछाम :  कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेका बेला अछामका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख डिएसपि स्थानीय बजारमा कोरोनाबारे सचेतना जगाउने अभियानमा लागेका छन् ।

प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद आचार्य र प्रहरी प्रमुख डिएसपि योगेन्द्र सिँह थापा जिल्लास्थित विभिन्न स्थानीय तहमा अनुगमनका क्रममा पुगिरहदा  स्थानीयहरुलाई कोरोना भाइरसको संक्रमणबाट बच्ने उपाय र  अपाउनु पर्ने सावधानीका बारेमा सचेतना जगाईरहेका छन् ।

विभिन्न  स्थानिय बजारमा गएर सो ठाउँका ब्यापारि सहीत स्थानीयलाई कोरोना बच्ने उपाय तथा सावधानी सहीत मास्क प्रयोग सम्बन्धी जानकारी गराउने क्रममा जिल्लाको तुर्माखाद र पुनेपाटा बजारमा सचेतना गराईएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

यसअघि जिल्ला समन्वय समितीको पदाधिकारीको टोलि सहित सुरक्षा निकायको टोलिले जिल्लाको पंञ्चदेवल विनायक नगरपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउपालिकामा रहेका क्वारेन्टाईन स्थलको अनुगमन तथा निरिक्षण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *