यस्तो अवस्थामा भेटियो अछाममा बाढीले बगाएकी महिलाको श’व

यस्तो अवस्थामा भेटियो अछाममा बाढीले बगाएकी महिलाको श'व

अछाम : अछाममा बाढीले बगाएर बेपत्ता भएकामध्ये एक महिलाको श’व फेला परेको छ।

बाढीले बगाएका १७ जना मध्ये रामारोशन-५ की २९ वर्षीया सम्झना शाहको श’व सोमबार भेटिएको हो। नेपाली सेनाको अछाम स्थित भवानी बक्स गण बाट खटिएको सेनाको टोलिले मंगलसेन नगरपालिका ३ स्थित चित्रे पुल नजिकै बाटो भन्दा करिब ५० मिटर तल पहरामा रहेको रुखको विचमा अड्किएको अवस्थामा श’वलाई निकालिएको थियो ।

भवानी बक्स गणबाट सेनानी श्री हरि बहादुर श्रेष्को कमाण्डमा खटिएको उ’द्धार टोलिका जमदार दिपक राई तथा प्युठ दल बहादुर बुढाले सकल दर्जाको सहयोगमा डोरी बाट रिपेलिङ गरि करिब १ घण्टाको अथक प्रयास पछि उक्त महिला को श’व निकालिएको भवानी बक्स गण अछामका गणपति लोचन कार्कीले बताए ।

बाढीले बगाएर बेपत्ता भएकामध्ये योसहित ८ जनाको शव भेटिएको छ। ९ जना अझै बेपत्ता छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *