बिरपथमा भ’त्काइयो १७ छाउगोठ

बिरपथमा भ'त्काइयो १७ छाउगोठ

कमलबजार नगरपालिका वडा नम्बर ६ बिरपथमा छाउगोठ भ’त्काउने अभियान तीब्र रूपमा अगाडि बढाइएको छ । एक साता पहिले बाट सुरु भएको अभियानमा  अहिलेसम्म १७  वटा छाउगोठ भ’त्काइएको छ । वडा सदस्य कलम बहादुर शाहीको नेतृत्वमा खटिएकाे टाेलीले उक्त छाउगोठ भ’त्काएको हो ।

वडामा संचालन गरिएको छाउ गोठ भ’त्काउने अभियानमा सबै सरोकारवालाको उत्साहजनक सहभागिता रहेको वडा सदस्य शाहले बताउनु भयो । उक्त अभियानमा अस्थायी प्रहरी पाेष्ट गैरीटाँडका इन्चार्ज भिम बहादुर बिष्ट , लगायत स्थानीय जनप्रतिनिधि ,शिक्षक ,बुद्धिजीवी लगायत कर्मचारीकाे सहभागीता रहेको भानुभक्त ढकालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *