कार्टुनमा राखिएको शिशुको आमाले रुँदै वास्तविकता बताइन – भिडियो हेर्नुहोस्

कार्टुनमा राखिएको शिशुको आमाले रुँदै वास्तविकता बताइन - भिडियो हेर्नुहोस्

काठमाडौं : घ’टना यही साउन १२ गते सोमबारको दिनको हो । काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिएको समाचारले सनसनी बनेर फैलियो ।

कपन चौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश विदेशका मनकारी मनहरु तँछाडमँछाड गरेर ओइरिए ।ब्यक्तिगत र सामाजिक संस्थाहरुबाट उनलार्य आर्थिक सहयोगको ओइरो नै लाग्यो ।

तर यसभित्रको कहानी अलग्गै रहेको तथ्य विस्तारै खुल्न थालेको छ ।शिशु बैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी कुनै महिलाले जन्माएको खुलेको छ ।

यद्यपि काठमाडौंकै कुनै संस्थामा बसेकी ति महिलाको परिचय अहिलेसम्म गोप्य राखिएको छ ।परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट हुन्छ ।

कार्टुनमा शिशु भेेटिएको भनेर भ्रम फैलाउने केयर बालगृहकि संस्थापक पुष्पा अधिकारीले शिशुको नाममा सहयोग आएको केही रकम मंगलबार बिहान फिर्ता गरेकी छिन् । हालसम्म शिशुको नाममा ६ लाख रकम संकलन भएको तथ्य खुलेको छ

मंगलबार शिशुको आमा रुँदै शिशुसहित मिडियामा आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *