काठमाडौंमा थप ६२ जनामा कोरोना

काठमाडौंमा थप ६२ जनामा कोरोना

काठमाडौं:  काठमाडौं उपत्यकामा आज एकै दिन ६२ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा यसबारे जानकारी दिएको हो ।

उपत्यकामा कोरोना महामारी फैलदै जाँदा आज एकै दिन काठमाडौका ४८ जना संक्रमित थपिएका छन् । भक्तपुरमा १२ र ललितपुरमा २ जना संक्रमित थपिएका छन् ।

उपत्यकाका विभिन्न अस्पतालमा कोरोना संक्रमित भेटिएका छन् । उपत्यकामा संक्रमित संख्या फैलदै गएपछि जोखिम बढेको छ ।

अद्यावधिक विवरण अनुसार  मंगलबार नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको परीक्षणमा २५९ जना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ९ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *