कार्टुनमा भेटिएको शिशुको नाममा अहिलेसम्म कति पैसा उठ्यो ? – भिडियो

कार्टुनमा भेटिएको शिशुको नाममा अहिलेसम्म कति पैसा उठ्यो ? - भिडियो

काठमाडौं : सामाजिक सञ्जालको जमानामा केही कुराको चर्चा चल्न समयनै लाग्दैन, त्यस्तै गत साउन १२ गते सोमबार दिउँसो कपन आकाशेधारा स्थित कार्टुनमा शिशु भेटिएको खबरले एकाएक सञ्जाल तातिएपछि धेरैले शिशुको लागि सहयोग पनि गरे ।

घ’टनास्थल पुगेर नाम चलेका युट्युबरहरुले भिडियो फुटेज पनि खिचे केहिले शिशुलाई हातमा लिएर भावुक बनेको नाटक सम्म गर्न भ्याए । भेटिएको शिशुलाई केयर बालगृहकि संस्थापक पुष्पा अधिकारीले जिम्मा लिएर राखेकि थिइन् ।

तर यसभित्रको कहानी अलग्गै रहेको तथ्य विस्तारै खुल्न थालेको छ । शिशु बैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी कुनै महिलाले जन्माएको खुलेको छ ।

यद्यपि काठमाडौंकै कुनै संस्थामा बसेकी ति महिलाको परिचय अहिलेसम्म गोप्य राखिएको छ ।परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट हुन्छ ।

कार्टुनमा शिशु भेेटिएको भनेर भ्रम फैलाउने केयर बालगृहकि संस्थापक पुष्पा अधिकारीले शिशुको नाममा सहयोग आएको केही रकम मंगलबार बिहान फिर्ता गरेकी छिन् । हालसम्म शिशुको नाममा ६ लाख रकम संकलन भएको तथ्य खुलेको छ

मंगलबार युट्युबर भाग्य न्यौपाने सहित अन्य सहयोगीहरु पुगेर आफूहरु मार्फत सहयोग गरेको रकम फिर्ता लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *