अख्तियारका १५ जना कर्मचारीलाई कोरोना

अख्तियारका १५ जना कर्मचारीलाई कोरोना

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार १ सय ८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । संक्रमितहरू अधिकांश प्रहरी कर्मचारी रहेका छन्।

अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरूको परीक्षण गर्दा कोरोना संक्रमण देखिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *