पुनः दुई हप्ता लकडाउन ? विज्ञहरूले दिए सरकारलाई सुझाव

पुनः दुई हप्ता लकडाउन ? विज्ञहरूले दिए सरकारलाई सुझाव

काठमाडौँ:   कोरोना संक्रमण बढ्दै गएको भन्दै पुनः लकडाउन गर्न विज्ञहरूले सुझाव दिएका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरूले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताए।

‘यही अवस्थामा अघि बढ्दा कोरोना थप भयावह हुन सक्ने विज्ञहरुले चिन्ता व्यक्त गर्नुभयो । उहाँहरूले छिट्टै कम्तीमा पनि २ साता लकडाउन घोषणा गरेर त्यो बीचमा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई सुझाव दिनुभयो’, बैठकमा आफ्नो धारणा राखेर बाहिरिएका ठाकुरले बताए।

विज्ञहरुले २ साता लकडाउन गर्न दिएको सुझावलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको आफूले पाएको भन्दै यसबारे थप छलफल गरेर आफू टुंगोमा पुग्ने बताएको ठाकुरले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *