पवन मधुश्रीको हृदयस्पर्शी गीत ‘आमा’ – भिडियो

पवन मधुश्रीको हृदयस्पर्शी गीत 'आमा' - भिडियो

अछाम :  बाध्यताले परदेशमा पुगेको छोराले आमालाई सम्झिएको हृदयस्पर्शी गीत ‘आमा’ सार्वजनिक भएको छ । आमाले आफ्नो सन्तानका लागि गरेको दुखलाई समेटेर लेखक पवन मधुश्रीले रचना गरेको गीत ‘आमा’ मंगलबार हाईलाईट्स नेपाल युट्युब  च्यानल मार्फत सार्वजनिक भएको हो  ।

उक्त हृदयस्पर्शी गीतमा  शब्दसँगै लय पनि मधुश्रीकै रहेको छ भने आवाज प्रमोद माझीको रहेको छ। बिनोद बिकले ऐेरेन्ज गरेको  गितलाई निर्देशन दिनेश ठकुल्ला र सम्पादन रोशन धितालले गरेका हुन् ।

गितमा मधुश्री संगै, बिमला माझी, चन्द्रिका शाही, हस्तबहादुर माझी, भिमबहादुर रावल र बाल कलाकारको भुमिकामा जेनिशा शाही, देवराज माझी र आवश माझी रहेका छन् । गीत धिताल फिल्मस् प्रालीले निर्माण गरेको हो।

साहित्यमा पवन मधुश्रीका नामले चिनिएका गीतका सिर्जनाकर्ताको वास्तविक नाम भने पदम बहादुर माझी हो । हाल उहाँ पञ्चदेवल बिनायक नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतको रुपमा कार्यरत हुनुहन्छ ।

मधुश्रीको यसअघि पुस्तक ‘नमुना राजनीति र विकास’ भाग १ प्रकासित छ । केहि समय अगाडीमात्रै नेपालको समग्र इतिहासलाई समेट्दै रचिएको ‘ईतिहास’ समेत बजारमा आइसकेको छ ।

मधुश्रीको इतिहास पनि हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *