भारतका गृहमन्त्री कोरोना संक्रमण

भारतका गृहमन्त्री कोरोना संक्रमण

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस  देखिएको छ  ।  आइतबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्  ।

गृहमन्त्री शाहले सामाजिक संजाल ट्वीटमार्फत् आफूले कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि परीक्षण गराएको र परीक्षणको क्रममा आफूलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् ।

उनले आफ्नो अवस्था ठीक रहेको तर डाक्टरहरुले अस्पताल भर्ना हुने सुझाव दिएका कारण अस्पतालमा भर्ना हुन गइरहेको बताएका छन् । शाहले पछिल्लो केही दिनमा आफ्नो सम्पर्कमा आउने सबैलाई आइसोलेसनमा बस्दै आफ्नो कोरोना परीक्षण गर्न पनि आग्रह गरेका छन् ।

आजै भारतको उत्तर प्रदेशकी शिक्षामन्त्री कमला रानी वरुणको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण ज्यान गुमाएकी छिन् । गत जुलाई १८ मा उनीमा कोरोना पोजेटिभ देखिएपछि लखनउको एसजीपीजी अस्पतालमा भर्ना गरिएकी ६२ वर्षकी वरुणको आज बिहान ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो २४ घन्टामा मात्रै भारतमा ५४ हजार ८ सय ६५ जनामा कोरोना संक्रमण देखिएको छ भने ८ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् ।

यो समाचार तयार पार्दासम्म भारतमा १७ लाख ५७ हजार ३ सय ९३ कोरोना संक्रमित फेला पर्दा ३७ हजार ४ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् ।

केही समयअगाडी बलिउड कलाकार अमिताभ बच्चनको परिवारमा कोरोना संक्रमण देखिएको थियो । एेश्वर्या बच्चन र उनकी छोरी आरध्या बच्चन कोरोनाबाट मुक्त भएर घर फर्किसकेका छन् भने अभिषेक र अमिताभ भने अझै अस्पतालमा उपचार गराइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *