सुशान्तका बडीगार्डले गरे रियाको बारेमा यस्तो खुलासा

सुशान्तका बडीगार्डले गरे रियाको बारेमा यस्तो खुलासा

सुशान्त सिंह आत्मह’त्या के’समा नयाँ नयाँ खुलासा हुने क्रम जारी छ। यो केस सुल्झिनुको साटो झन्झन् उल्झिँदै गैरहेको देख्न सकिन्छ। आत्मह’त्याको डेढ महिना बितिसक्दा पनि मुम्बई पुलिसले केही सु’राक फेला पार्न सकेको छैन भने जनताले लगातार सिबिआइ जाँचको माग गरेका छन्।

पछिल्लो समय सुशान्तकी कथित प्रेमिका रिया चक्रवर्तीमाथि सबैको सं’काको सुई अडिएको छ। सुशान्तका पिताले रियामाथि मु’द्दा दायर गर्नु, पुलिसदेखि रिया भाग्नु तथा सुशान्तको पैसामा रियाले कब्जा जमाएको सुन्नमा आउनु आदिले रिया नै सुशान्तको दो’षी त होइनन् भन्ने संका आम जनताले गर्नु स्वाभाविक नै हो।

हालै भारतीय मिडिया रिपब्लिक टिभीमा सुशान्तका बडीगार्डको एउटा अन्तरबार्ता आएको छ। सो अन्तरबार्तामा बडिगार्डले रियाको बारेमा कैयौं खुलासा गरेका छन्।

नाम र अनुहार नदेखाएर लिइएको सो अन्तरबार्तामा बडिगार्डका अनुसार, “रिया र सुशान्त सँगै बस्दथे। रिया सुशान्तको घरमा अधिकांश समय पार्टी गर्दथिन्। सो पार्टीमा सुशान्तको मात्र पैसा खर्च हुन्थ्यो। पार्टीका बखत घरका स्टाफहरूलाई छुट्टी दिइन्थ्यो। तर ती पार्टीहरूमा सुशान्त देखिंदैनथे। उनी धेरैजसो समय सुतिरहन्थे। गहिरो निन्द्रामा। मानौं उनलाई औसधि खुवाइएको होस्।

सुशान्त धेरैजसो समय बिरामी नै रहन्थे। उनलाई यी पार्टीहरू तथा खर्च भएको पैसाको बारेमा केही थाहा हुँदैनथ्यो। पार्टी रिया र उनको भाइ सौबिक मिलेर गर्थे। पार्टीमा रियाका आफन्त र साथीभाइ मात्र हुन्थे। सुशान्तका परिवार र साथी कहिल्यै देखिएनन्।”

बडिगार्ड अगाडि भन्छन्, “सुशान्तको सबै पैसामा रियाले कब्जा गरेकी थिइन्। सुशान्त पार्टी र पैसा खर्च गर्दैनथे। रिया आएपछि घरका अधिकांश स्टाफहरू निकालिए। जस्तो कि, अकाउन्टेन्ट, सेफ आदि। पुरानो स्टाफ म मात्र हूँ। अरू सबै फेरिए।”

आफूले सुशान्तलाई रियाले गर्ने व्यवहार नजिकैबाट देखेको बताउने बडिगार्डले रियासँग सोधपुछ हुनुपर्ने माग राख्दछन्। रिया नै सुशान्तको दोषी बताउने बडिगार्डले रियाविरुद्द मु’द्दा दायर हुनु सकारात्मक मान्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *