काेराेनाकाे उच्च जाेखिममा काठमाडौं, दैनिक हजाराैँ व्यक्ति भित्रँदै

काेराेनाकाे उच्च जाेखिममा काठमाडौं,  दैनिक हजाराैँ व्यक्ति भित्रँदै

काठमाडौं : केहि समय घटेकाे काेराेना संक्रमितकाे दैनिकदर फेरि बढ्न थालेकाे छ । पछिल्लाे केहि समय लकडाउन खुकुलाे बनाइएसँगै  उपत्यका बाहिरबाट अहिले दैनिक ५–६ हजार व्यक्ति राजधानी भित्रन थालेका छन् ।

सरकारले लकडाउनको मोडालिटीलाई खुकुलो गर्दै जोर–बिजोर प्रणालीमा सवारी चल्न दिने, पसल तथा व्यवसाय खुला गर्ने र सरकारी कार्यालयका सेवा सुचारु गर्ने निर्णय गरेसँगै उपत्यका बाहिरबाट राजधानी भित्रनेको संख्या बढेको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार लकडाउन खुकुलो भएपछि काठमाडौं भित्रनेको संख्या बढ्न थालेकामा हाल दैनिक ५–६ हजार व्यक्ति काठमाडौं प्रवेश गर्दै आइरहेका छन् । तर, यो संख्या भने पास लिएर आउनेहरूको मात्रै भएको महाशाखा बताउँछ ।

महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले हाल दैनिक ५–६ हजार व्यक्ति विभिन्न नाका हुँदै काठमाडौं भित्रँदै आएको बताए । ‘अहिले दैनिक पाँच–६ हजार व्यक्ति उपत्यका बाहिरबाट विभिन्न्न नाका हुँदै काठमाडौं आइरहेको देखिन्छ, यो संख्या पास लिएर आउनेहरूको मात्र हो,’ महाशाखा प्रमुख ढकालले राजधानीसँग भने ।

महाशाखाका प्रवक्ता वामदेव गौतमले ७५ प्रतिशत व्यक्ति नागढुंगा नाका र केही साँगा नाका हुँदै राजधानी भित्रँदै आइरहेको जानकारी दिए । उनले लकडाउनको समयमा राजधानीबाट बाहिरिनेको संख्या बढिरहेकामा अहिले भित्रने र बाहिरिनेको संख्या उस्तै हाराहारीमा रहेको जानकारी दिए ।

महाशाखाका प्रवक्ता गौतमका अनुसार बिनापास राजधानी आउने सवारी साधनलाई भने फिर्ता गरिँदै आइएको छ । ‘पास नलिई राजधानी भित्रने सवारीलाई प्रवेश दिइएको छैन, बिनापास आउने दैनिक २ सयसम्म सवारी साधनलाई फिर्ता पठाइएको छ,’ महाशखाका प्रवक्ता गौतमले भने । सरकारले गत ६ साउन रातिबाट लकडाउन हटाउने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *