विश्वमा भयावह बन्दै काेराेना, संक्रमितको संख्या एक करोड ७९ लाख ९८ हजार ३२२ पुग्याे

विश्वमा भयावह बन्दै काेराेना, संक्रमितको संख्या  एक करोड ७९ लाख ९८ हजार ३२२ पुग्याे

विश्वमा कोरोना भाइरस संक्रमित हुनेको संख्या झण्डै एक करोड ८० लाख पुगेको छ। वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा संक्रमितको संख्या एक करोड ७९ लाख ९८ हजार ३२२ पुगेको छ।

पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ४५ हजार ६१४ जना संक्रमित थपिए भने त्यसको अघिल्लो दिन दुई लाख ८१ हजार ४५२ जना संक्रमित थपिएका थिए।

संक्रमितमध्ये एक करोड १३ लाख १७ हजार ६९ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने ५९ लाख ९३ हजार ४७६ सक्रिय संक्रमित छन्। ६५ हजार ६८६ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको वल्डोमिटर्सको तथ्यांक छ।

विश्वमा कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म ६ लाख ८७ हजार ७७७ जनाको मृ’त्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *