भारतमा भयावह बन्दै काेराेना, संक्रमितकाे संख्या १७ लाख पुग्याे

भारतमा भयावह बन्दै काेराेना, संक्रमितकाे संख्या १७ लाख पुग्याे

एसियाकै काेराेना हब बनेकाे छिमेकि भारतमा सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार ७ सय ४ संक्रमित थपिएका छन्।

पछिल्लाे २४ घण्टामा ५७ हजार ७ सय ४ संक्रमित थपिएसँगै भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च रेकर्ड कायम गरेको छ । जुन भारतमा एकैदिन काेराेना संक्रमण देखिएकाे अहिलेसम्मकै उच्च संख्या हाे ।

वर्ल्डमिटरका अनुसार  पछिल्लो २४ घण्टामा ७ सय २४ बढी मानिसको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै भारतमा संक्रमित संख्या १७ लाख १ हजार ५३२ पुगेको छ।  यस्तै कोरोनाबाट मृत्यु हुने संख्या ३६ हजार ५ सय ८७ भएको छ।

संक्रमित संख्या बढ्दै गएको भारतमा कोरोनाबाट निको हुनेदर ६४.५२ प्रतिशत रहेको छ।  भारतको पछिल्लो तथ्यांकले आन्द्र प्रदेश, कर्नाटका, पश्चिम बंगाल र उत्तर प्रदेशमा संक्रमणका नयाँ क्षेत्र बढ्न थालेको छ। यसअघि महाराष्ट्र, दिल्ली र तमिलनाडु संक्रमणको केन्द्रबिन्दु बनेका थिए।

कुनै बेला काेराेना नियन्त्रणमा रहेकाे भारत यतिबेला भने पुर्णतया नियन्त्रण बाहिर पुगेकाे छ । अधिकारीहरुका अनुसार पछिल्लो समयमा लकडाउनलाई खुकुलो हुँदै जानु र परिक्षणको मात्रा बढाइएका कारण सङ्क्रमितहरुको संख्या धेरै देखिँदै गएको अधिकारीहरूले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *