थप ३ सय १५ जनामा काेराेना देखियाे, संक्रमितको संख्या २० हजार नाघ्यो

थप ३ सय १५ जनामा काेराेना देखियाे, संक्रमितको संख्या २० हजार नाघ्यो

काठमाडाैँ :  नेपालमा थप जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय १५ संक्रमित थपिएका छन ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा उपत्यकाका ६ सहित ३१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै संक्रमितको संख्या २० हजार नाघेको छ । शनिबारसम्म देशभर कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ९३ जना निको भएका छन् भने कुल निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *