उपाध्यक्षको नेतृत्वमा सर्वदलीय टोलि बाढी प्रभावित क्षेत्र अल्याडीमा

उपाध्यक्षको नेतृत्वमा सर्वदलीय टोलि बाढी प्रभावित क्षेत्र अल्याडीमा

अछाम :मंगलबार भारी वर्षा संगै अाएको बाढी पहिरोबाट जोखिम बस्ती र क्षेतिको अनुगमन गर्न रामारोशन गाउँपालिकाको सर्वदलीय सर्वपक्षीय टोलिले बाढी प्रभावित सबै क्षेत्र को अनुगमन गरेको छ। रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलको नेतृत्वमा गएको टोलिले सबैभन्दा भन्दा बढि बाढी पहिरो प्रभावित क्षेत्र रामारोशन गाउँपालिका वडा ५ को अल्याडी, सडेगडा, नेटाकोट ,जिउनेरा वडा न ४ को भेरगाउं , जेठरी, बालसैन, हुडेतोला , घट्टे खोला को स्थलगत अनुगमन गरेको हो त्यस्तै टोलिले खालबजार , पुलबजार , मुजाबगर लगायतका क्षेत्रमा समेत अनुगमन गरेको छ । टोलिमा नेपाल कम्युनिस्ट पाटी नेकपा जिल्ला सचिवालय सदस्य चक्र बहादुर रावल नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल नेपाल कम्युनिस्ट पाटी रामारोशन गाउँ पालिका अध्यक्ष कम्मान साउद सचिव पदम शाह नेपाली कांग्रेस रामारोशन गाउँपालिका सचिव गोपिप्रसाद खनाल कांग्रेस युवा नेता एवम् नेविसंघ जिल्ला सदस्य पुष्प बिष्ट रामारोशन गाउँपालिका प्रविधिक निराजन रोकाया प्रहरी चौकि शान्तडाका हवल्दार भुवन पाल सहित दुई प्रहरी जवान लगायतको सहभागीता रहेको थियो ।बाढी पहिलो गर्दा थुप्रै ठाउँ क्षेति भएकाले प्रभावित क्षेत्रमा जान पनि निकै कठिन भएको रामारोशन गाउँ पालिका उपाध्यक्ष सरस्वती रावल बताउने भयो । अनुगमन टोलिले श्रावण १३ गते अाएको अविरल बर्षाले रामारोशनमा भएको सबै क्षेतिको विवरण समेत संकलन गरेको छ। बाढी पहिरोले रामारोशन गाउँ पालिका वडा न ५ को अल्याडी पुरै गाउँ नै उच्च जोखिममा रहेको छ करिब दुई हजार भन्दा बढी जनसंख्या रहेको गाउँ पहिरोले पुरै गाउँ छिया छिया बनाएको छ भने ४२ घर परिवारले घर छोडेका छन यस्तै गाउँ वडा न ५ कै नेटाकोटमा ४ र जिउनेरामा ३ घर पवरिवाले घर छोडेका छन भने पालिकाको वडा न ४ बाटुलासेनमा मा पनि १ घर पुर्ण रुपमा क्षेति भएको छ बाकी २१ घर उच्च जोखिममा रहेका छन भने १६ घर परिवारले घर छोडेका छन वडा न६ को भटाकाटियामा २ घरमा पुर्ण क्षेति भएको उपाध्यक्ष रावलले बताउनुको छ । पहिरो ले रामारोशन गाउँ पालिकाका सयौं घरमा क्षेति पुग्नु का साथै थुप्रै खेति योग्य जमिनलाई बगर बनाको छ । बाढीले रामारोशन क्षेत्रका ६ झुलङ्गे पुल ५ जलविद्युत परियोजना ३० भन्दा बढी पानी घट्ट १४ खानेपानी का मुहान र ६ वटा सिचाइ कुलो पुर्ण रुपमा क्षेति पुगेको छ। बाढीले गर्दा अल्याडी , जेठरी बाल सैन र कैलाश खोला अासपासका बजार र बस्ति उच्च जोखिममा रहेकाले तत्काल राहत उदार तथा व्यवस्थापन का लागि सबै सरकार र निकायको ध्यान जानू पर्ने रामारोशन गाउँ पालिका उपाध्यक्ष रावलले बताउने भएको छ । हाल बाढी पहिलोले ४०० भन्दा बढी मानिस घर विहिन भएर गोठ खरक र अरुको घरमा बस्न बाध्य भएका छन । भने केही अरु विवरण अाउन बाकि रहेको टोलिमा सहभागी कांग्रेस नेता पुष्प बिष्टले जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *