जनता समाजवादीका सांसद यादवलाई कोरोना, अंगरक्षक र चालक पनि संक्रमित

जनता समाजवादीका सांसद यादवलाई कोरोना, अंगरक्षक र चालक पनि संक्रमित

जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। शुक्रबार अबेर प्राप्त रिपोर्टमा यादवलाई कोरोना संक्रमण पुष्टि भएको हो।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार, सांसद यादव सहित उहाँको अंगरक्षक र चालकमा पनि कोरोना संक्रमण देखिएको छ ।

सांसद यादव आफैंले फेसबुकमा लेखेका छन  
आदरणीय दाजुभाइ दिदिबहिनी ! आज मात्र सम्मानीय प्रधानमन्त्रीज्युलाई मैले पत्रका प्रेषित गर्दै, बीरगन्जमा बढ्दो कोरोना संक्रमणको अवस्थाका बारेमा अवगत गराउनुका साथै मैले बीरगन्ज क्षेत्रमा ५ सय सैयाको अस्पताल, बिज्ञ टोलि पठाउने, समुदायमा जाचको दायरा बढाउनका लागि साधन र जनशक्ति उपलब्ध गराउन र सीमामा आवतजावत रोक्न लागायत माग राखेको छु ।

उताबाट सकारात्मक संकेत पनि प्राप्त भएको छ । माननीय स्वास्थ्य मन्त्रीज्युसंग पनि सम्वाद गरेको छु । यसै क्रममा मैले आफ्नो PCR जाँच गराउदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । अफुलाइ आइसुलेट गरेर अहिले आराममा छु । आ आफ्नो घरभित्र आत्मअनिसाशन कायम गर्दै सुरक्षीत रुपमा बस्न, घरबाट अति आवश्यक रूपमा निस्किनु परेमा बिना मस्क लगाइ न निस्किन र समाजिक दुरी कायम राख्न सबैमा यतिबेला बडा गम्भीरतापुर्वक म आग्रह गर्न चाहन्छु । कोरोनामुक्त भएर मेरो प्राणभन्दा प्यारो जनाताको सेवामा चाडैं फर्किने छु ।

आदरणीय दाजुभाइ दिदिबहिनी ! आज मात्र सम्मानीय प्रधानमन्त्रीज्युलाई मैले पत्रका प्रेषित गर्दै, बीरगन्जमा बढ्दो कोरोना…

Posted by Pradip Yadav / प्रदीप यादव on Friday, 31 July 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *