अब मास्क नलगाए १ महिना कैद

अब मास्क नलगाए १ महिना कैद

अहिले विश्वभर छरिएकाे काेराेना भाइरसले विश्व हल्लाएकाे छ । त्यसैक्रममा देश बिदेशमा कानुनले राेचक राेचक नियम बनाएका छन् । त्यस्तै राेचक नियममा, मास्क नलगाइकन हिँड्ने र सेनीटाइजरको प्रयोग नगर्नेलाई मोरङमा एक महिनासम्म कैद स’जाय गरिने ।

महामारीको रुपमा फैलिएको कोरोना भाइ रसको संक्र मणबाट जोगिन मास्क र सेनीटाइजरको आवश्यकता एवं प्रयोग अनिवार्य रहेको ठहर गर्दै जिल्ला कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले यस्तो निर्णय गरे ।

संक्र’मणलाई नियन्त्रण गर्न स्वास्थ्य, सुरक्षा र यातायातसँग सम्बन्धित मापदण्ड सबैले पालना गर्नु पर्ने भएकाले कैद सजा यको बाध्यकारी निर्णय गर्नु परेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।

कोरोनाबाट बच्न सबै जनाले दुई मिटरको सामाजिक दूरी कायम गरी मास्क र सेनीटाइजरको अनिवार्य प्रयोग गर्नु पर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *