अछाममा प्रहरीद्वारा न्युनगुणस्तर घरेलु मदिरा नष्ट

अछाममा प्रहरीद्वारा न्युनगुणस्तर घरेलु मदिरा नष्ट

अछाम : अछाम जिल्लाका बिभिन्न ठाउँमा न्युनगुणस्तर घरेलु मदिरा नष्ट गरिएकाे छ । जिल्ला प्रहरी कार्यालय अछाम मातहत ईलाका प्रहरी कार्यालय कमलबजार अछामबाट खटिएकाे गस्तिले बिभिन्न ठाउँमा घरेलु मदिरा तथा मदिरा निर्माणमा प्रयाेगहुने कच्चा पदार्थ नष्ट गरेकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ ।

प्रहरी कार्यालय अछामका अनुसार तुर्माखाँद गाउँपालिका ८ मा घरेलु मदिरा बनाउन प्रयोग हुने १०५ लिटर कच्चा पदार्थ (पास) सहित १५ लिटर तयारी घरेलु मदिरा नष्ट गरिएकाे छ ।

त्यस्तै प्रहरी चौकी सिउडी अछामबाट खटेकाे  गस्ति टोलीले चौरपाटी गाउपालिकाका विभिन्न वडाहरुबाट कच्चा पदार्थ (पास) ९० लिटर सहित तयारी घरेलु मदिरा १० लिटर, अवैध न्युनगुणस्तर मिदरा १०८ लिटर गरि जम्मा तयारी घरेलु मदिरा २५ लिटर, कच्चा पदार्थ (पास) १९५ लिटर र अवैध न्युनगुणस्तर मदिरा ११९ लिटर बरामद गरेकाे छ ।

बरामद गरिएकाे मदिरा र मदिराजन्य कच्चा पदार्थ स्थानीय जनप्रतिनिधी र भद्रभदामीहरुको रोहवरमा नष्ट गरिएकाे सुचना अधिकारी रमेश दत्त अवस्थीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *