बाहुबलीका निर्देशक राजामौलीकाे परिवारमा फैलियाे कोरोना

बाहुबलीका निर्देशक राजामौलीकाे परिवारमा फैलियाे कोरोना

काठमाडौं : बडिउड अभिनेता अमिताभ बच्चन र अनुपम खेरपिछ  ‘बाहुबली’ का निर्देशक एसएस राजामौलीको परिवारका सबै सदस्यमा कोरोना संक्रमण देखिएको छ ।

चर्चित फिल्म बाहुबलीका निर्देशक राजामौलीले सामाजिक सञ्जाल ट्विटरमा एक  ट्वीट गर्दै आफ्ना परिवारका सबैजनालाई कोरोनाको संक्रमण भएको जानकारी दिएका हुन् ।

परिवारका सदस्यलाई केही दिनदेखि हलुका ज्वरो आएको र कोरोना परीक्षणको नतिजा ’पोजेटिभ’ आएको भन्दै राजामौलीले ट्वीट गरेका छन ।

 

नयाँ चलचित्र  “राइज रोबर रिबल्ट” फिल्मको सुटिङको लागि जाँदा उनलाई कोरोना संक्रमण भएको बताइएको छ । काेराेना भाइरसकाे संक्रमण देखिएपछि अहिले उनको परिवार  ’होम क्वारेन्टाइन’मा बसिरहेकाे छ ।  उनले कोरोना संक्रमण भएको सार्वजनिक भएसँगै उनलाई कलाकार तथा प्रशंसकहरूले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *