भारतलाई नेपालको जवाफः कालापानी क्षेत्र हाम्रो हो, आवतजावत गर्न कसैले रोक्न सक्दैन

भारतलाई नेपालको जवाफः कालापानी क्षेत्र हाम्रो हो, आवतजावत गर्न कसैले रोक्न सक्दैन

लिम्पियाधुरा ,लिपुलेक, कालापानी क्षेत्रमा नेपालीको सुरक्षाकर्मी लगायतको चहलपहल बढेको भन्दै भारतीय पक्षले पठाएकाे पत्रकाे जवाफ नेपालले फर्काएकाे छ ।

अतिक्रमित लिम्पियाधुरा सहितकाे कालापानी क्षेत्रमा नेपालीहरूकाे आवतजावत बढेकाे भन्दै भारतकाे धार्चुलाका उप जिल्लाधिकारी अनिलकुमार शुक्लाले कालापानी, गुन्जी र लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेश राेक्न जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई लेखेको पत्रकाे जवाफ नेपालले फर्काएको हाृे।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतीय सिमावर्ती धार्चुलाका अधिकारीलाई जवाफी पत्र पठाउँदै आफ्नो भूमिमा आफ्ना जनता निर्वाधरुपमा आवत जावत गर्न सक्ने र त्यस विषयमा कसैले रोक्न नसक्ने उल्लेख गर्नुभएको छ ।

पत्रमा लिम्पियाधुरा र लिपुलेक क्षेत्र नेपालको भएको र त्यहाँ आफ्ना जनता निर्वाधरुपमा आवतजावत गर्न कसैले पनि रोक्न नसक्ने र घुमाउरो पारामा भारतले यसलाई आपत्ति जनाउनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभएको छ ।

भारतले आफ्नो दाबी गर्दै आएका लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालले आफ्नो नक्सामा समावेश गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ। नेपालले यी क्षेत्र आफ्नै भएको दावी गर्दै नक्सामा समावेश गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *