पूर्वमन्त्री सुनील थापा काँग्रेस प्रवेश, पाटी सभापति देउवाले गरे भब्य स्वागत

पूर्वमन्त्री सुनील थापा काँग्रेस प्रवेश, पाटी सभापति देउवाले गरे भब्य स्वागत

काठमाडौं – पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा तथा पूर्वमन्त्री सुनील थापा काँग्रेस प्रवेश गरेका छन् ।

कोरोनाको महामारीका कारण सबै काठमाडौ आउन सम्भव नभएकाले आज १४ नेता काँग्रेसमा प्रवेश गरेका र अन्य जिल्लाबाटै प्रवेश गर्ने जानकारी दिइएको छ ।

पार्टी प्रवेश गर्ने सबैलाई काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको सदस्यता प्रदान गरेका छन् ।उपसभापति बिमलेन्द्र निधिले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

यस्तै नवप्रवेशीलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले माला लगाएका थिए । आजको दिन ऐतिहासिक भएको समेत बताउँदै कांग्रेस नेता बिमलेन्द्र निधिले सूर्यबहादुर थापाको खुलेर प्रशंसा गरे ।

सूर्यबहादुर थापाको राजनीतिबारे पक्ष र विपक्षमा वहस भए पनि नेपाली राजनीतिकमा उनको ठूलो योगदान रहेको निधिले बताए ।

सुनील थापासहित राप्रपा परित्याग गरेका रामकृण भट्टराई , विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारत शाहा, सुरेश बस्ने, प्रतिमा राणा श्रेत्री, टिकाजंग थापा, नरायणा राउत र ईन्द्रबहनदुर तामाङ पनि काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरु सबै राप्रपाका प्रभावशाली नेता भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *