चीनमा फेरि फैलियाे कोरोना

चीनमा फेरि फैलियाे कोरोना

चीनको उत्तरपूर्वी भागमा पर्ने समुद्रीतटीय डालियानमा कोरोना भाइरसको संक्रमणको नयाँ घटनाहरू अन्य प्रान्तहरूमा पनि फैलिएको छ। समाचार एजेन्सी एएफपीका अनुसार अधिकारीहरूले यसलाई ध्यानमा राख्दै फेरि प्रतिबन्ध लगाउनु पर्ने जनाएका छन्।

चीनमा कोरोना संक्रमणको पहिलो केस देखा परेको थियो तर लकडाउन र अन्य तरिकाहरु अपनाएर स्थितिलाई नियन्त्रणमा लियो । चीनमा पछिल्लो समय संक्रमण फेरि केही स्थानमा फैलिँदै गएको छ जसले सरकारलाई चिन्तित् बनाएको छ।

मंगलबार चीनमा ६८ वटा नयाँ केसहरु दर्ता भएको छ। यो अप्रिलपछि सबैभन्दा ठूलो संख्या हो। ती मध्ये ५७ संक्रमितहरु शिन्जियांग प्रान्तको रहेको जनाइएको छ।

मंगलबार लिओनिंग प्रान्तको पोर्ट सिटी डालियानमा पनि ६ नयाँ घ’टनाहरूको रिपोर्ट गरिएको बताइएको छ । पछिल्लो हप्ता धेरै मानिसहरू एक समुद्री खाना प्रशोधन कारखानामा संक्रमित भएका छन्। नयाँ केसहरू सहित, डालियानमा संक्रमणको कुल संख्या ४४ सम्म पुगेको छ।

चीनमा ३९१ संक्रमित व्यक्तिहरू अस्पतालमा भर्ना छन्। अहिलेसम्म त्यहाँ जम्मा ८३ हजार ९ ५९ व्यक्तिलाई कोरोना संक्रमण भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *