क्यान्सर पिडित मनसराको जीवन बचाउन युवाहरु अभियानमा

क्यान्सर पिडित मनसराको जीवन बचाउन युवाहरु अभियानमा

बरुण हरि रिजाल : अछामकी एक क्यान्सर पिडित किशोरीको उपचारमा सहयोग गर्न स्थानीयस्तरबाट उठेको आर्थिक सहयोग आइतबार अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत क्यान्सर पिडित किशोरीलाई हस्तान्त्रण गरिएको छ ।

सामाजिक संजाल र अन्य माध्यमबाट उपचारका लागि युवाहरुले सहयोगको अपिल गरेका थिए । ढकारी गाउँपालिका ६ मोयागाडा कि १८ वर्षिया मनसरा बुढाको उपचारमा आर्थिक संकट देखिएपछि सहयोग गर्न अपिल गरिएको थियो । उपचाररत किशोरीको लागि मंगलसेन नगरपालिका ५का युवा रिदम बिसि र जगत वडले आफंै र अभियान संचालन गरेर संकलन गरेको ६५ हजार १ सय पैंतिस रुपैयाँ र ढकारी गाउँपालिकाका भुपेन्द्र बुढा र देबेन्द्र बुढाले स्थानीयस्तरबाट संकलन गरेको १ लाख ५ हजार गरि १ लाख ७० हजार ३ सय आठ रुपैयाँ हस्तान्त्रण गरिएको हो । आइतबार नै क्यान्सर पिडित किशोरीलाई नेपाली नागरिकता प्रदान गर्दै अछामका प्रमुख जिल्ला अधिकारी पौडेलले पिपडितको उपचारको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अभियन्ता बुढाका अनुसार उसअघि सहयोगी व्यक्तिहरुबाट प्राप्त भएको २० हजार १२ रुपैयाँ किशोरीकी आमालाई बुझाईएको थियो । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार गराईरहेकी बुढाको बायाँ खुट्टामा क्यान्सर देखिएको हो । पिडितका आफन्त समेत रहेकी मनसराको आर्थीक अबस्था कमजोर रहेको छ । उनका वुवाको निधन भैसकेकाले पनि पारीवारीक रुपमा समस्या रहेको हुँदा आफन्तको सहयोगले अस्पतालसम्म पुर्याइएको हो । उनका आफन्त समृत रहेका भुपेन्द्र बहादुर बुढाका अनुसार मनसराको उपचारमा करिब १० लाखसम्म खर्च लाग्ने छ । यसको लागि नागरिकस्तरबाटै सहयोगको अपिलमा जुटेको बुढाले बताउनुभयो ।

क्यान्सर पिडित मनसराको जीवन बचाउनको निम्ति सहयोग गर्न चाहने महानुभावहरुले भुपेन्द्र बहादुर बुढा र देबेन्द्र बहादुर बुढाको सम्पर्क नम्बर क्रमशः ९८६५६४१५१०, ९८६९५५३८०४ मा सम्पर्क गर्न सक्ने उहाँले बताउनुभयो । अथवा देबेन्द्र बहादुर बुढाको सिटीजन्स बैंक ढकारी अछामको खाता नम्बर ०७९०१०००००२१४०४१ मा रकम जम्मा गरी सहयोग गर्न सकिने उहाँको भनाइ छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *