काेराेना भाइरसबाट हालसम्म २ सय ६ नेपालीकाे मृत्यु

काेराेना भाइरसबाट हालसम्म २ सय ६ नेपालीकाे मृत्यु

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट विदेशमा मृत्यु हुने नेपालीकाे संख्या १६१ पुगेकाे छ । नेपाल बाहिर विश्वका बिभिन्न देशका रहेका १६१ जना नेपालीले कोरोना भाइरसबाट ज्यान गुमाएका हुन । त्यस्तै नेपालमा ज्यान गुमाएका ४५ जनासहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २ सय ६ जना पुगेको छ ।

पछिल्लाे पटक युकेमा थप १ जनाको मृत्यु भएकाे गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएकाे छ । स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कुल संक्रमित मध्ये २९ हजार २ सय ४३ जना अर्थात ९३ प्रतिशत भन्दा बढी नेपालीहरु कोरोना संक्रमणमुक्त भएका छन् ।

अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भएपनि यो साता त्यहाँ संक्रमणदर केही बढेको छ । यस्तै यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ ।

संघका अनुसार नेपालमा ज्यान गुमाएका ४५ जनासहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २ सय ६ जना पुगेको छ । नेपालमा शनिबार साँझसम्म संक्रमितको संख्या १८ हजार ४ सय ८३ जना पुगेको छ । यसैबीच स्वास्थ्य समितिले सार्वजनिक स्थलमा जाँदा, र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शन समेत तयार पारेको छ । समितिले सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत सुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *