आफूलाई मन नपराएर अर्कै केटा मन पराएको भन्दै युवतीलाई एसिड प्रहार

आफूलाई मन नपराएर अर्कै केटा मन पराएको भन्दै युवतीलाई एसिड प्रहार

काठमाडाैँ :  युवतिमाथि एसिड प्र’हार गर्ने दुई जना पक्राउ परेका छन् । रुले सीतापाइलास्थित ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीलाई एसिड प्र’हार गर्ने दुईजना प’क्राउ परेका हुन् ।

आफूलाई मन नपराएको भन्दै २२ वर्षीय युवतीमाथि एसिड प्र’हार गर्ने र प्रहार गर्न लगाउने दुबैलाई प्रहरीले प’क्राउ गरेकाे हाे ।  बिहीबार राति ८ बजेतिरको घ’टना भएपनि प्रहरीले उनीहरुलाई घ’टनाको २ घण्टा भित्रै प’क्राउ गर्न सफल भएको छ ।

प’क्राउ परेका मध्ये एकजना रौतहटका रहेका छन् । जो ती एसिड प्र’हार भएकी २२ वर्षीया पवित्रा कार्कीलाई मन पराउथे । उनको नाम मोहम्मद आलम रहेको छ । त्यस्तैगरी अर्का भारतीय नागरिक रहेका छन् । उनको नाम मोहम्मद मुन्ना रहेको छ । जसलाई मोहम्मद आलमले पैसा दिएर एसिड प्र’हार गर्न लगाएका थिए ।

महानगरीय अपराध महाशाखा र काठमाडौं परिसरको टोलीले अनुसन्धान गरेको अनुशन्धानमा पवित्रालाई बिहीबार राति आलमले ३० पटकभन्दा बढी फोन गरेका थिए । तर पवित्राले फोन वेवास्ता गरेकी रहेछन् । त्यसपछि आलमले ती भारतीय नागरिकलाई पैसा दिएर एसिड प्र’हार गर्न लगाएका थिए ।

त्यसका लागि उनले राति नै मोटरसाइकलमा ती युवतीको घर नजिकै लगेका थिए र ती युवती दही किन्न घरबाट निस्कदै गर्दा एसिड प्रहार भएको खुलेको छ । उनीहरुलाई सीसी टिभी फुटेजको आधारमा प’क्राउ गरिएको हो । बयानका क्रममा भारतीय नागरिकलेले हिजो नै भारत जाने तयारीमा रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *