भारतमा भयावह बन्दै काेराेना, एकैदिन भेटिए अहिलेसम्मकै धेरै संक्रमित

भारतमा भयावह बन्दै काेराेना, एकैदिन भेटिए अहिलेसम्मकै धेरै संक्रमित

एसियाकै काेराेना हब बनेकाे छिमेकि भारतमा सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । पछिल्लाे २४ घण्टामा भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टाभित्र ४५ हजार ५९९ जनामा नयाँ कोरोना संक्रमण भएको पाइएकाे छ ।  जुन भारतमा एकैदिन काेराेना संक्रमण देखिएकाे अहिलेसम्मकै उच्च संख्या हाे ।

पछिल्लो ५ दिनकाे तथ्याङ्कमै भारतमा झण्डै २ लाखको हारहरीमा संक्रमित थपिएका छन् । वर्ल्डमिटरका अनुसार हालसम्मकाे तथ्याङ्क हेर्दा भारतमा काेराेना संक्रमितकाे संख्या १२ लाख ३९ हजार ६८४ पुगेकाे छ । भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ ।

कुनै बेला काेराेना नियन्त्रणमा रहेकाे भारत यतिबेला भने पुर्णतया नियन्त्रण बाहिर पुगेकाे छ । अधिकारीहरुका अनुसार पछिल्लो समयमा लकडाउनलाई खुकुलो हुँदै जानु र परिक्षणको मात्रा बढाइएका कारण सङ्क्रमितहरुको संख्या धेरै देखिँदै गएको अधिकारीहरूले  बताएका छन् ।

यस्तै बिहीबार बिहानसम्म विश्वभरीकाे तथ्याङ्क हेर्दा सबैभन्दा धेरै कोरोना संक्रमित रहेकाे मुलक अमेरिकामा ४१ लाख ८७५ जनामा कोरोना संक्रमण पाईएको छ । अमेरिकामा १ लाख ४६ हजार १८३ ले कोरोनाको कारण ज्यान गु’माएका छन् । त्यस्तै १९ लाख ४२ हजार ६३७ जना निको भएर घर फर्किएका छन् ।

र ब्राजिलमा झण्डै २३ लाख संक्रमित फेला परेका छन् । भने ८२ हजार ८९० को कोरोना भाइरसको संक्रमणका कारण ज्यान ग’एको छ । १५ लाख ३२ हजार १३८ निको भएका छन् । ५ लाखभन्दा बढी संक्रमितको उपचार भइरहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *