भारतमा काेराेनाबाट २८ हजार बढीकाे मृत्यु

भारतमा काेराेनाबाट २८ हजार बढीकाे मृत्यु

एसियाकै काेराेना हब बनेकाे छिमेकि भारतमा सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । भारतमा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

कुनै बेला काेराेना नियन्त्रणमा रहेकाे भारत यतिबेला भने पुर्णतया नियन्त्रण बाहिर पुगेकाे छ । अधिकारीहरुका अनुसार पछिल्लो समयमा लकडाउनलाई खुकुलो हुँदै जानु र परिक्षणको मात्रा बढाइएका कारण सङ्क्रमितहरुको संख्या धेरै देखिँदै गएको ले बताएका छन् ।

एसियाली देशहरूमा भने सबैभन्दा बढी काेराेना भाइरसबाट प्रभावित भारत सर्वाधिक काेराेना संक्रमित भएका देशकाे सुचिमा तेस्राे स्थानमा छ ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ११ लाख ५४ नाघेको छ । भारतमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या ११ लाख ५४ हजार ९१७ पुगकाे वल्डाे मिटर्सले जनाएकाे छ ।

अहिलेसम्म भारतकाे काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २८ हजार ९९ पुगेकाे छ । साेमबार मात्रै ५ सय ९६ जनाकाे मृत्यु भएकाे छ । अहिले भातरमा ४ लाख बढी सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी ७ लाख २४ हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *