आजको विनिमयदर: कुन देशको कति?

आजको विनिमयदर: कुन देशको कति?

काठमाडौं :नेपालमा अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले शनिबार (साउन ३) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकन मुद्रामा केहि गिरावट आएको छ ।

यस्तै, युरो एकको खरिददर १३६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५० रुपैयाँ ३२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०८ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०८ पैसा र बिक्रीदर २८ रुपैयाँ २२ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *