प्रेम सम्बन्धबारे हल्ला चलेपछि पूर्व अधिराजकुमारी पूर्णिका बोलिन्… (भिडियो)

पूर्वयुवराज पारस शाह र हिमानीकी छोरी पूर्णिका शाहले संचारमाध्यममा आएको समाचारको खण्डन गरेकी छन् । केहिदिन अगाडी नेपाली अनलाईनहरुमा पूर्वयुवराज पारसकी छोरी पूर्णिका १० बर्ष जेठोसंग प्रेम सम्बन्धमा सिर्शकको समाचार भाइरल बनेको थियो ।

उक्त समाचार बाहिरीसँगै पूर्णिकाको प्रेम सम्बन्धबारे सामाजिक सञ्जालमा निकै चर्चा भईरहेको छ। तर पूर्णिकाले टिकटकमा एउटा भिडियो सार्वजनिक गर्दै उक्त कुरामा कुनै पनि सत्यता नभएको उनले बताएकी छन।

उनले उक्त खबर झुटो भएको भन्दै विश्वास नगर्न आग्रह गरेकी छिन । ‘मेरो बारेमा के-के कुरा छपिएको भनेर सुने, यो कुरामा केहि सत्यता छैन र सबैलाई यो कुरा नपत्याउन अनुरोध गर्दछु ।’

भिडियो हेर्नुहोस…

Leave a Reply

Your email address will not be published. Required fields are marked *