सूनको मूल्य अहिलेसम्मकै उच्च, हेर्नुस् बजारभाउ

सूनको मूल्य अहिलेसम्मकै उच्च, हेर्नुस् बजारभाउ

काठमाडौँ । बजारमा सूनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। सूनको मूल्यमा बुधबार प्रतितोला ६ सय रुपैयाँले बढेर सुन ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

मंगलबार प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले बढेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि असार २५ गते छापावाला सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँले कारोबार भइ रेकर्ड बनाएको थियो ।

चाँदीको मूल्‍य पनि आज प्रतितोला १० रुपैयाँले बढेको छ। चाँदी १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज तेजावी सुन प्रतितोला ९२ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *