नेपालमा फेरि सलह आउन सक्ने सम्भावना, सतर्कता अप्नाउन आग्रह

नेपालमा फेरि सलह आउन सक्ने सम्भावना, सतर्कता अप्नाउन आग्रह

नेपालमा पुनः सलह आउन सक्ने सम्भावना देखिएकाे छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले भारतबाट सलहका नयाँ र ठूला झुण्डहरु फेरि नेपाल प्रवेश गर्न सक्ने भन्दै सतर्क रहन भनेको छ। केन्द्रकाे पछिल्लो विवरणअनुसार हाल भारतको जयपुर र आग्राको बीचमा धौषा भन्ने स्थानमा रहेका ५ वटा सलहका झुण्डहरु करिब ५२५ हेक्टर क्षेत्रफलमा रहको र यी झुण्डहरु हावाको बहाबसँगै उत्तर पूर्वतर्फ गंगानगर, ग्वालीयर हुँदै ३ दिनमा अल्लाहबादसम्म पुग्ने पूर्वानुमान गरिएको छ।

सलहको झुण्डहरु छरिएका र कम संख्यामा भएका र मौसम अनुकुल नभएकाले तुलनात्मक कम नोक्सानी गरेको देखिएको छ। हावाको बहाबसँगै उक्त झुण्डका अंशहरु तराई र मध्यपहाडका विभिन्न जिल्लाहरु विशेषगरी सिन्धुली, मकवानपुर, चितवन, रुपन्देही, कपिलवस्तु, पाल्पा, स्याङ्गजा, दाङ्ग, प्यूठान, रोल्पा, कास्की, कैलाली, डडेल्धुरा लगायतका जिल्लाहरुमा केही हजारदेखि केही लाखसम्मको संख्यामा देखापरेको र हाल उक्त झुण्डका सलहहरुको उपस्थिति नरहेको अवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *