नेपालमा न्युज च्यानल बन्द भएपछि भारतीय मिडियामा खैलाबैला, कसले के लेखे? पढ्नुहोस

नेपालमा न्युज च्यानल बन्द भएपछि भारतीय मिडियामा खैलाबैला, कसले के लेखे? पढ्नुहोस

काठमाडाैँ : नेपालमा भारतीय न्युज च्यानलहरू बन्द गरिएसंगै भारतीय मिडियामा तरङ्ग पैदा भएको छ । नेपालमा भारतीय च्यानलहरुलाई बन्द गरिएको बिषयलाई भारतीय मिडियाहरुले प्रथामिकताका साथमा प्रकासन/प्रशारण गरेका छन् ।

बिभिन्न खबरहरूलाई अतिरन्जित तथा भ्रामक रुपमा प्रस्तुत गर्दै आएका भारतीय मिडियाको आलोचना भइरहेका बेला नेपालमा भने भारतीय न्युज च्यानलहरुलाई बन्द गर्ने निर्णयको तारिफ गर्दै सामाजिक संजालमा चर्चा चलिरहेको छ ।

जी न्युजले नेपालमा भारतीय दूरदर्शनबाहेक सबै न्युज च्यानल बन्द गरिएको भन्दै लेखेको समाचारमा सांसद सरिता गिरीको प्रसङ्गलाई समेत जोडेको छ । जी न्युजले नेपाली सांसद सरिता गिरीले नयाँ नक्सामा संशोधन गर्न संवैधानिक संशोधन गरेकै कारण संसद पद गुमाएको लेखेको छ ।

त्यस्तै भारतीय मिडियाहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली फेरि एकपटक भारतीय समाचार च्यानलहरूलाई प्रतिबन्ध लगाएर चीनको नक्सामा हिंडेको प्रमाणित भएको बताएका छन् । लद्दाखमा चलिरहेको त’नावको बीचमा चीनले भारतीय समाचार च्यानलको प्रसारणमाथि पनि प्रतिबन्ध लगाएको भन्दै चीनकै इशारामा नेपालले पनि भारतीय च्यानलमा प्रतिबन्ध लगाएको आ’रोप समेत भारतीय मिडियाको छ ।

नेपालले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नयाँ नक्सा जारी गरेपछि भारतीय टेलिभिजन च्यानलले अतिरञ्जित विषय वस्तु प्रसारण गर्दै आएका थिए । पछिल्लाे केहिदिन यता भारतिय मिडियाले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जी न्यूजले अनर्गल र अतिरञ्जित रिपाेर्ट प्रसारण गरेसंगै त्यसकाे निकै आलाेचना भएकाे थियाे ।

भारतीय मिडियाले नेपाल र नेपालीप्रति अनावश्यक टिप्पणी गर्न थालेपछि नेपालीहरु आक्रोशित बनेका थिए । वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शन बाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।

भारतीय मिडियाले के लेखे ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *