कोरोनाबाट विदेशमा थप १३ नेपालीको ज्यान गयो

कोरोनाबाट विदेशमा थप १३ नेपालीको ज्यान गयो

काठमाडाैँ : नेपालमा कोरोना भाइरसकाे संक्रमण दिनप्रतिदिन बढिरहदा परदेशमा पछिल्लाे साता मात्रै थप १३ जना नेपालीको मृत्यु भएकाे छ  । मृत्यु हुने नेपालीमा सबैभन्दा धेरै युएइमा रहेका छन ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार पछिल्लाे साता मात्रै युएईमा ६ जना, भारतमा ५ जना, ओमानमा १ जना, कुवेत १ जना गरि थप १३  जना नेपालीको ज्यान गएकाे हाे ।

समितिका अनुसार शनिबार साँझसम्म १४ देशमा १ सय ४३ जना नेपालीले काेराेनाबाट ज्यान गुमाएका हुन् । जसमा बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, ओमान लगायत देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ ।

त्यस्तै समितिका अनुसार हाल सम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् । जसमा हालसम्म मुलुक बाहिरका बिभिन्न देशहरूमा  २८ हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ। जसमा  २५ हजार २ सय २६ जनाले काेराेनालाइ जितेका छन् ।

नेपालमा १५ हजार ४ सय ९४ जनामा कोरोना संक्रमण देखिए पनि हाल सम्म ६ हजार ४ सय १५ जना कोरोना मुक्त भएका छन् । यस्तै ३४ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *