बधाई ! सारेगमपमा प्रितमपछि फेरि आयुषको जोडदार प्रस्तुती -भिडियो

यतिबेला सम्पुर्ण नेपाली तथा भारतीयहरुको मनमा बसिरहेका छन् नेपालका २ बालकहरु । प्रितम आचार्य र आयुष केसी । पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र बाहुल्यता निकै भईरहेको छ । उनीहरुले ती शोहरुमा नाम संगै कतिपयले सफलता पाएर पनि आफनो करियरनै बनाईरहेका छन् । यही मेसोमा प्रितम र आयुषले भारतको चर्चित सिंगिङ रियालिटी शो सारेगमप लिटिल च्याम्समा आफनो उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । जिटिभीबाट प्रसारण हुँदै आएको उक्त शोमा हिजो सिन्धुपाल्चोकका आयुष केसीले निकै उत्कृष्ट प्रस्तुती दिएका छन् । होली स्पेशल बनाईएको आजको कार्यक्रममा उनले सोलो नभई डुएट प्रस्तुती दिए ।

आयुषले भारतकी प्रतिष्पर्धी मिथिला मालीसंग ‘ये जवानी है दिवानी’ फिल्मको “बलम पिच्कारी” गीत गाएका थिए । आयुषको प्रस्तुती प्रशंसनिय थियो । आफनो गायनकलासंगै इनोसेन्ट अनुहारको कारण पनि जजहरु उनलाई निकै मन पराउँछन् । हिजोको प्रस्तुतीमा जजहरुले केही कमीकमजोरी औलाए । तथापी उनले डुएट गायनमा ९१.३ प्रतिशत नम्बर जुरीबाट पाएका थिए । यसअघि उनले सोलोमा भने धेरै पटक सय प्रतिशत नम्बर ल्याउदै चार्टबस्टर पफर्मेन्स दिईसकेका छन् ।

यसको निरन्तरताका लागि आयुषले थप मेहनत गर्नु पर्ने देखिन्छ । तर इनोसेन्ट मुहारका साथ नेपाली ढाका टोपी लगाएर जब उनी स्टेज उक्लिन्छ तब सबै नेपालीहरुले उनीप्रति गर्व महसुस गर्ने गर्छन् । सुरशाला आइडलका बिजेता समेत रहेका आयुष भक्तपुरको मोर्डन स्कुलमा कक्षा ७ मा अध्यनरत रहेका छन् । उनी संगित भनेपछि सानैबाट भुतुक्क हुने गर्थे । आयुष चर्चित गायक अमृत क्षेत्रीका संगितका शिष्य ।

You May Also Like


Leave a Reply

Your email address will not be published. Required fields are marked *