भारतको चर्चित शोमा तहल्का पिट्दै दुइ नेपाल बालकलाकार – भिडियो

आफ्नो जोडदार प्रस्तुति दिएर सबैको मन जित्न सफल दुइ नेपाली बालगायकले यतिबेला भारतमा तहल्का पिटिरहेका छन् । भारतको चर्चित टेलिभिजन शो सारेगमपा लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य र आयुष केसीले दमदार प्रस्तुती दिएका छन् । नेपालका दुई बालगायकले सारेगमपामा नेपालको नाम चिनाउन भरपुर प्रयास गरेका छन् । अहिले नेपालका दुई बालगायक विश्वभरि नै चर्चामा आइरहेका छन् ।

अडिसनबाटै सबैको मन जितेर सामाजिक संजालभरि चर्चा कमाउन सफल इटहरीका प्रितम र भक्तपुरका आयुष केसीले कार्यक्रममा जज, जुरी जज, तथा अतिथिहरु लगायत सबैको मनमा बस्न सफल भएका नेपाली बालगायकले हासिल गरेको यो सफलतालाई सबैले सम्मान गर्न आवस्यक छ । जी टिभीले रिलिज गरेको नेपालका प्रितम आचार्य र आयुष केसी प्रस्तुति सामाजिक सन्जाल र डिजिटल मिडियामा भाईरल भइरहेको छ ।होली स्पेसल एपिसोडमा प्रितमले अर्को धमाकेदार प्रस्तुति दिएका छन्।हेर्नुहोस् प्रितमले कस्तो प्रस्तुती दिएका थिए ।यस एपिसोडको सानो अंश हेर्नुहोस्
https://www.facebook.com/ZeeTvIndia/videos/1963467900445977/

You May Also Like


Leave a Reply

Your email address will not be published. Required fields are marked *